0 COMMENTS

काठमाण्डाै०२मंसिर०७६/ हिजाे मंसिर १ गते जंगी अड्डामा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सैनिक श्रीमती संघद्वारा आयोजित कार्यक्रम सम्पन्‍न भएको छ । सैनिक श्रीमती संघको ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रमको अवसरमा सेवा सुमन ३६औं अंक पुस्तकको बिमोचन तथा उक्त पुस्तकको उत्कृष्ट लेख रचना एवं सहयोगीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा संघकी अध्यक्ष दिपा थापाले स्वागत मन्तव्य राख्‍नुका साथै संघको आगामी कार्य योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममासंघका पदाधिकारीहरु, रथीवृन्द, अधिकृत पाहुनावर्ग लगायत सकलदर्जाको समेत उपस्थिती रहेको थियो ।

 सैनिक व्यक्तिका परिवारहरुको शैक्षिक, सामाजिक, आर्थिक सशक्तिकरण, मानविय सेवा लगायत समग्र विकासका कार्यहरु सञ्‍चालन गर्ने उद्देश्यका साथ सैनिक श्रीमती संघको स्थापना भएको हो । साथै उक्त संघले मुनाफा रहित जनहितकारी सामाजिक कार्यहरु जस्तै रक्तदान, वृक्षारोपण, पर्यावरणको सुरक्षा, प्राकृतिक प्रकोप वाअन्य संकटको बेलामा उद्दार तथा राहत वितरण कार्य तथा समाजिक विकृतीहरु उन्मूलन गर्ने जस्ता कार्यहरु समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।