0 COMMENTS

काठमाण्डाै,म‌‍सीर १/ अन‍‍ुमति बिना सार्वजनिक विदाका दिन चलाईएका ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवारको दिन सुदूरपश्चिम प्रदेशका ८ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएर आफूखुसी चलाउने ४४ वटा सरकारी मोटरसाईकल र जीप नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले ८ वटा जिल्लाबाट ३० वटा मोटरसाईकल र १४ वटा जीप नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार सबैभन्दा बढि कैलालीमा १२ वटा मोटरसाईकल र ९ वटा जीप नियन्त्रणमा लिईएको छ।

यस्तै कञ्चनपुरमा ५ वटा मोटरसाईकल र २ वटा जीप, डडेल्धुरामा २ वटा मोटसाईकल र एक जीप, डोटीमा ७ वटा मोटरसाईकल र एक जीप, अछाममा दुईवटा एक एक मोटरसाईकल र जीप, दार्चुला, बैतडी र बाजुरामा एक–एक मोटरसाईकल नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।