0 COMMENTS

बासुदेव सेडाइ,लमजुङ०७६/ स्वतन्त्र पत्रकार संघ लमजुङका सचिव कुमार पाैडेलले अाफ्नाे जन्मदिन बिरुवा राेपेर मनाउनु भएको छ । लमजुङको बेसीशहर – ७ स्थित अाफ्नै निवासमा धुपिकाे विरुवा राेप्दै पाैडेलले रचनात्मक कामकाे थालनी गर्नुभएको हाे । वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण , फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग र शान्ति सुशासन एकता र सद्भावकाे कामना गर्दै लमजुङको बेसीशहर बाट २०७५ साल मंसिर २९ गतेबाट सुरुवात गरिएको अभियान ऐले देशब्यापि रुपमा अगाडि बढेको छ ।

जन्मदिनमा विरुवा राेप्ने अभियानले एकातर्फ वातावरण सन्तुलन कायम हुने र अर्कोतर्फ नेपाली संस्कृतिकाे संरक्षणमा टेवा दिने हुनाले अाफुलाई याे अभियान अत्यन्तै मन परेको सचिव पाैडेलकाे भनाइ छ । कार्यक्रममा प्रमुख ब्यक्तित्वकाे रुपमा उपस्थित स्वतन्त्र पत्रकार माहासंघ नेपालका सल्लाहकार यबं नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडीले अभियान उत्कृष्ट रहेकोले यसकाे निरन्तरतामा जाेड दिनुभयो ।

अभियान सुरुवात गर्नु सहज भएपनि यसलाई अगाडि बढाउन कठिन हुने हुनाले त्यसकाे लागि अभियान्ताले साेच्नुपर्छ उहाँको तर्क थियोे । कार्यक्रममा जन्मदिनमा बृक्षराेपण अभियानका अभियान्ता बासुदेब सेढाई , ब्रम्हकुमारि ईश्वरीय बिश्वबिद्धालय बेसीशहर शाखा बाट गुरु देबिदास बराल र नगेन्द्र सिलुवालकाे उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।