0 COMMENTS

दाङ,कात्तिक १९, २०७६/ गएराती प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ ।

सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घटना भएपछि त्यसका चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए ।स्थानीयका अनुसार गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।