0 COMMENTS

प्रतिभा भट्टराइ,  नवरात्रमा पुजिने नव दुर्गा भवानीको दोस्रो दिन आराधना गरिने स्वरुप लाई ब्रह्म चारीणी भनिन्छ।ब्रह्म अर्थात् तपस्या र चारिणी काे अर्थ आचरण गर्ने भनेर बुझिने ,माता पार्वती काे एक रूप ब्रह्म चारीणी माताको दायाँ हातमा जप माला र बायाँ हातमा कमण्डलु रहेको छ। सेतो बस्त्र धारण गरी उनी हजारौं वर्ष सम्म फल जल वायु र सुकेका बेल पत्र मात्र सेवन गरी तपस्या मा लिन् भएकी थिइन्।

अघिल्लो जन्म मा सतिदेवी को नामले चिनिएकी उनले आफ्ना पिताको अश्वमेघ यज्ञ मा आफूलाई निमन्त्रणा नगरिएको भए पनि आफ्ना आफन्त र पिताको दर्शनको लालसाले नारद मुनिको साथ लागेर माइती पुगेकी उनले आफ्ना पिता द्वारा पतीको निन्दा सुन्न नसकी अर्को जन्ममा महादेव लाई नै स्वामी रूपमा पाउने इच्छा सहित अग्नि कुण्डमा हामफाली आत्म दाह गरेकी थिइन्।

अर्को जन्ममा पनि हिमालयकी पुत्री भएर जन्मिएकी पार्वतीले नारद मुनिकै आज्ञा अनुसार आजसम्म कुनै देवता ऋषि मुनि यक्ष ले गर्न नसकेको कठोर तपस्याको माध्यमबाट नै अपर्णा र उमा नामले परिचित भई पूर्ण ज्योतिर्मय र भव्य रूप पाएकी थिइन्। माता ब्रह्म चारिणीको पूजा सोडसोपचार विधि सहित मिश्री,चिनी र पञ्चामृत को भोग लगाई श्रृङ्गारका सामाग्री मा सेन्ट पनि अर्पण गरी गरिन्छ। उनको पूजा सेवा पश्चात कृपा प्राप्त गर्न सके त्याग, वैराग्य, संयम, सदाचार, सङ्घर्ष गर्न सक्ने क्षमता प्राप्त हुने र जीवन काे कठिन परिस्थितिमा पनि विचलित नभई सर्वत्र विजय र सिद्धी प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।