0 COMMENTS

काठमाडौं०२ असोज २०७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। पर्यटनमन्त्रीको एक वर्ष कार्ययोजनामा उल्लेख भएको ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकलाई छुट दिने विषयको कार्यान्वयन निगमबाट सुरु भएको छ। निगमले आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी बुधबार जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार भाडादरमा छुटदिने यस्तो निर्णय असोज १ गतेदेखि नै लागू भएको जानकारी दिएको छ। भाडा दरमा छुट पाउन ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात पेस गर्नुपर्नेछ।

५० प्रतिशतको यस्तो भाडादरमा छुटको व्यवस्था निगमको कार्यालयबाट उपलब्ध गराइने निगमका सहप्रवक्ता सुलेख मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निगमका अनुसार क्यान्सरपीडितका बिरामीलाई पनि नि:शुल्क र छुटको टिकट उपलब्ध गराउँदै आएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।