0 COMMENTS

बासुदेव सेढाइ, लमजुङ,०१असाेज/  वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण ,फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग र बिश्व मानव जातिमा शान्ति एकता र सद्भावकाे कामना गर्दै लमजुङको बेसीशहर बाट सुरु भएको अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्ने अभियानले पछिल्लो समय सबैकाे साथ सहयोग र समर्थन प्राप्त गरेको छ ।

विभिन्न क्षेत्रमा अाबद्ध ब्यक्ति हरु र संघ संस्था हरुले याे अभियान समर्थन गरिरहँदा याे अभियान लाई थप उर्जा मिल्ने तरिकाले लमजुङको राईनास नगरपालिका हाल काठमाडौंकाे सामाखुसी निवासी सामाजिक ,राजनीतिक ,निष्ठावान ब्यक्तित्व रमेश चिलुवालले अाफ्नाे जन्मदिनमा अझै बिशेष तरिकाले मनाउनु भएको छ । काठमाडौं बाट जन्मदिन मनाउन लमजुङ अाउनुभएका चिलुवालले बेसीशहर ७ स्थित लक्ष्मि बालमन्दिर प्रा. बि परिसरमा रुद्राक्षकाे विरुवा राेप्नुका साथै बिद्यालयका सम्पूर्ण बिद्यार्थी हरु लाई स्टेसनरी सामान र बिद्यार्थी , शिक्षक लगाएत उपस्थित सबैलाई खाजा बितरण गर्नुभएको थियोे । कार्यक्रममा बिद्यार्थी लगाएत उपस्थित सबैलाई चिलुवालले अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्र अाग्रह गर्नुभयो ।

राम्रो उद्देश्य राखेर अभियान सुरुवात भएकोले यसलाई अगाडि बढाउन अाफ्नाे पनि सक्रियता रहने बताउनुभयो । नयाँ साेच र बिचारले मात्रै समाजमा सकारात्मक परिवर्तन गर्न सक्ने भनाइ रहेको थियोे । कार्यक्रममा चिति कार्किडाँडा सेवा समाजका अध्यक्ष शिव सिलुवाल बिद्यालय प्र. अ. भगवती जाेशि लगाएत शिक्षिका र ३७ बिद्यार्थी हरुकाे उपस्थिति थियोे । जन्मदिनमा बृक्षराेपण अभियानमा ऐक्यबद्धता जनाउँदै अभियान लाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाउनु हुने चिलुवाल बिबेकशिल नेपाली पार्टीको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।