0 COMMENTS

संखुवासभा, १असोज /अरुण नदीमा मंगलबार राति विरामी बोकेको बस खस्दा ६ जना बेपत्ता भएका छन् । संखुवासभाको खाँदबारीबाट दुई जना विरामी बोकेको गाडी धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट खसेको हो ।

राति १० बजेको समयमा को १ ज ३७४९ नम्बरको गाडी नदीमा खस्दा गाडी चालक सन्तोस विकसहित ६ जना बेपत्ता भएका हुन् ।

गाडीमा खाँदबारी–९ का प्रेमश थापामगर, उनकी भाउजु कल्पना थापामगर िबिरामी, दुई महिनाको बच्चा श्रेष्ठ उनका बुवाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रातको समयमा बेपत्ताको खोजी कार्य हुन सकेको थिए । खोलामा बाढी आएका कारण बेपत्ताको खोजीमासमेत समस्या भउको छ । घटनाबार विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।