0 COMMENTS

salmanएजेन्सी, पुस १२ । चर्चित बलिउड अभिनेता सलमान खानको आज ५० वर्षका भएका छन् । सन् १९६५ डिसेम्बर २७का दिन उनको जन्म भएको थियो । सलमानको जन्म हुँदा पिता सलिम खान बलिउडमा स्क्रिप्ट राइटरको रुपमा स्थापित भैसकेका थिए । सलमानले सन् १९८८मा फिल्म ‘विवि हो तो ऐसी’ मा सहअभिनेताको रुपमा छोटो रोलमा अभिनय गरेर बलिउड यात्रा शुरुगरेका थिए । त्यसको ठिक एकवर्ष पछि उनले ‘मेने प्यार किँया’ फिल्ममा सोलो हिरोको रुपमा काम गरे । जुन फिल्म त्यो वषृको सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो । त्यो सँगै १९९१ सम्म आएका उनका फिल्महरु ‘साजन’, ‘सनव वेवफ’,’कुर्बान’ ‘पत्थरके फुल’ हिट रहे ।

तर १९९२,९३मा आएका उनका सबै फिल्म फ्लप भएपछि उनको एकदम आलोचना भएको थियो । तर १९९४मा आएको उनको फिल्म ‘हम आपके हे कौन’ सुपरहिट भएपछि फेरि उनको चर्चा चुलियो । अर्को वर्ष शाहरुख खानसँगैको ‘करन अर्जुन’ पनि हिट रह्यो । त्यस पछि सन् २००० सम्ममा उनका थप फिल्महरु ‘हम दिल दे चुके सनम’, ‘खामोशी’,’विवि न १’ हिट रहे ।

त्यसपछि झण्डै ४ वर्ष उनका फिल्म नचल्दा उनलाई अभिनय नआउने भन्दै आलोचना पनि गरियो । तर सन् २००३ मा आएको फिल्म ‘तेरे नाम’मा उनले गरेको अभिनयको चारैतिर प्रशंसा भयो । यो सँगै उनी विवादमा पनि आउन थाले । हिट एण्ड रन केस होस या कालो हरिणको शिकार अथवा प्रेमिकासँगको गलत व्यवहारले उनी विवादमा तानिए । यो विचमा उनको नाम सबैभन्दा बढी नायिका ऐश्वर्या रायसँग जोडियो । विवादको प्रभाव फिल्ममा पनि देखियो उनका लगातार ७ वर्ष कुनैपनि फिल्म चलेनन् ।

उनको डुब्नै लागेको करियरमा फिल्म ‘दबंग’ले ठुलो बचाउको काम गर्यो । सन् २०१०मा आएको फिल्म ‘दबंग’ ब्लकवस्टर सावित भयो । त्यसपछि अहिलेसम्म सबैफिल्म उनका हिट छन् । बलिउडमा कमाइका हिसाबले सबैभन्दा बढीकमाउने फिल्म उनकै पर्छन । दबंग पछि ‘पार्टनर’, ‘वडिगार्ड’, ‘वान्टेड’, ‘दबंग २’,’रेडी’, ‘एक था टाइगर’ उनका पछिल्लो समयका हिट फिल्म हुन् ।यो विचमा उनले ‘दस का दम’ टिभी शो चलाए भने ‘बिग बोस’मा होस्टको रुपमा अहिलेपनि काम गरिरहेका छन् ।

उनको लागि ५०औ वर्ष विशेष रह्यो । किनकी उनले यो वर्ष बजरंगी भाइजान र प्रेम रतन धन पायो जस्ता सुपरहिट फिल्म दिएका छन् भने उनको परिवर्तित व्यवहारले बलिउडमा थप प्रिय बनेका छन् । अर्का अभिनेता शाहरुख खानसँगको वषौंको दुश्मनी यसैवर्ष टुगिंएको छ । ५० पुगेका सलमानले हिजो राती आफ्नो फार्महाउसमा बिशेष पार्टी दिएका छन् । अहिले उनलाई बलिउडका चर्चित व्यक्तिहरुले बधाइ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।