0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ/ वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण ,फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग र सुशासन शान्ति एकता सद्भावकाे कामना गर्दै अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्ने अभियानकाे सुरुवात भएको केही समय नबित्दै धेरै नेपाली नेपाली हरुले याे संस्कार लाई अवलम्बन गर्न थालेका छन् । उजाड बनजंगल हराभरा बनाउने , खालि रहेका सार्वजनिक जग्गामा बृक्षराेपण गर्ने ,बगैंचा चाैतारा पार्ककाे संरक्षण गर्ने , खाेला नदिका किनारमा बिरुवा राेप्ने र मुलुक लाई हरियाली बनाउने उद्देश्य याे अभियानकाे छ ।

पछिल्लो समय बिद्यार्थी ,शिक्षक ,कर्मचारी , जनप्रतिनिधि , राजनीतिक दलका नेता , समाजसेवी ,बुद्धिजीवी सबैले याे अभियानमा ऐक्यबद्धता जनाउँदै जाने क्रम बढेको छ । लमजुङको बेसीशहर नगरपालिका -११ चिति तिलाहारमा रहेको जनकल्याण माध्यमिक बिद्यालय सहायक प्रधानाध्यापक साेनी रेग्मीले अाफ्नाे जन्मदिनमा अाज बिद्यालय परिसरमा बृक्षराेपण गर्नुभयो । बिद्यार्थी र शिक्षकहरुकाे उल्लेख्य उपस्थितिमा बृक्षराेपण गरेर जन्मदिन मनाउँदै रेग्मीले सकारात्मक र रचनात्मक अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो । हाम्रो माैलिक संस्कृति पनि संरक्षण हुने र वातावरण सन्तुलनमा पनि टेवा पुग्ने भएकोले सम्पूर्ण बिद्यार्थी हरु र शिक्षकहरु लाई अभियानमा साथ दिन अाग्रह गर्नुभयो । बिद्यार्थी हरुलाई यस्तो सकारात्मक अभियानमा लगाउन सके उनिहरुकाे संस्कार र अाचरण पनि राम्रो बन्ने अबिभावक हरुकाे बिचार छ ।

२०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरु भएको अभियान ऐले देशका विभिन्न भागमा फैलिएको छ । अभियान लाई राष्ट्रिय रुपमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत लैजाने उद्देश्य छ । ” जन्मदिनमा बृक्षराेपण अभियान “

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।