0 COMMENTS

मङ्लबार, भदौ १७, २०७६

काठमाडौं- काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा २ जनाले सामूहिक आत्महत्या गरेका छन् । डोरीको पासो लागेर एक महिला र एक पुरुषले आत्महत्या गरेका हुन् ।

भण्डारखाल जंगलको एउटै रुखमा दुईजना झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

मृतकद्धय खोटाङको दित्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका जय गिरी (४० बर्ष) र खोटाङ बस्ने उमिता दमाई भएको प्रहरीले जानकारी दिएको छ ।

खोटाङको याङ्खा गाउँपालिका–५ घर भएकी उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ । आत्महत्याको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।