0 COMMENTS

  प्रतिभा भट्टराइ,१३भदाै/ २०७६ साल भाद्र१२ गते तारकेश्वर नगरपालिका ले नजिकिँदै गएको हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी आफ्नो नगरपालिका भित्र रहेका ११ वटै वडा मा रहेका समूह मा आबद्ध हजारौं महिलाहरुलाई समेटेर उनीहरूको प्रतिभा प्रदर्शन तथा विभिन्न सीपमूलक तालिम हरुबाट उत्पादित सामाग्री हरुको प्रदर्शन तथा विक्री गर्ने उद्देश्यले तीज गीत तथा नृत्य प्रतियोगिता र सीपमूलक तालिम बाट उत्पादित सामाग्रीहरुको प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो।

प्रमुख अतिथि महिला तथा बालबालिका मन्त्री साथै जेष्ठ नागरिक थम माया थापा, विशेष अतिथी नगर प्रमुख रामेश्वर बोहरा र संविधान सभा सदस्य (२०७३) सावित्रा भुषाल रहनु भएको उक्त कार्यक्रममा ११ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि हरु अतिथि रहनु भएको थियो भने कार्यक्रममा विभिन्न समुहका हजारौं महिला दिदी बहिनि हरु को पनि सहभागिता थियो। प्रत्येक वडा ले गीत रचना, लय र गायन आफ्नै प्रस्तुत गरेको यो प्रतियोगितामा लोक गीतको क्षेत्रमा चालिसौ वर्ष काे अनुभव बटुल्नु भएका ध्रुब राज थापा, अस्मिता धमला र अशोक पाण्डे निर्णायक रहनु भएको थियो। सभाध्यक्ष उप नगर प्रमुख भवानी डोटेल रहनु भएको उक्त कार्यक्रममा क्रिस्टल बाट निर्मित चुरा पोते बाला मोतिका मालाहरु, अचार ,हारपिक, अर्ग्यानिक खाद्यान्न, आयुर्वेदिक सामान, पेन्टिङ बेड सिट आदि सामानहरू राखिएका थिए।

यो प्रतियोगितामा वडा नं ७ ले सान्त्वना पुरस्कार, वडा नं १० ले तृतीय पुरस्कार र वडा नं ११ ले द्वितीय पुरस्कार पाएको थियो भने वडा नं ४ ले प्रथम स्थान हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।