0 COMMENTS

प्रतिभा भट्टराइ,७भदाै/ प्रथम वार्षिक साधारण सभा सम्पन्न तारकेश्वर नगरपालिका वडा नं८ स्थित मनमैजु काे अजिमा पार्टी प्यालेसको हलमा लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल समितिले आफ्नो प्रथम वार्षिक साधारण सभा, प्रमुख अतिथि नगर प्रमुख रामेश्वर बोहरा तथा सभाध्यक्ष देबिना कार्की काे अध्यक्षता मा अतिथिहरु महानगरीय प्रहरी प्रमुख श्री बाल नरसिंह राणा,११ वटै वडाका वडाध्यक्ष र जनप्रतिनिधिहरु , कार्यसमितिका सदस्य हरु तथा साधारण सदस्य हरु को उपस्थितिमा सम्पन्न गरेको छ। समाजमा कुरितिको रूपमा विद्यमान रहेको लैंगिक हिंसा लाई नियन्त्रण गरी सभ्य र हिंसा मुक्त समाज निर्माण गर्नमा भूमिका निर्वाह गर्ने उद्देश्यले संचालित यो संस्था ले वडा कार्यालय, नगरपालिका, महानगरीय प्रहरी वृत्त बालाजुको सहकार्य र समन्वयमा कार्य गर्दै आइरहेको छ।

कार्यक्रममा ,वार्षिक क्रियाकलाप तथा चुनौतीहरू बारे संस्था की अध्यक्ष देबिना कार्कीले वार्षिक प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्था की कोषाध्यक्ष वडा नं ४ की जनप्रतिनिधि बिन्दु थापा सापकोटाले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा बोल्दै सल्लाहकार समेत रहनु भएका प्रमुख अतिथि रामेश्वर बोहरा ले संस्था सञ्चालनमा आइपरेका समस्या हरुमा आफ्नो सक्रिय सहभागिता हुने प्रतिबद्धता जनाएका थिए भने अतिथि बाल नरसिंह राणा ले प्रहरी कार्यालयमा पर्ने उजुरी हरुमा ८० प्रतिशत भन्दा बढी मात्रामा आउने लैंगिक हिंसाका घटना हरुलाई न्युनिकरण गर्न यो संस्थाले सहयोग पुर्याएर प्रहरीलाई पनि सहयोग पुर्याएको कुरा पनि बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।