0 COMMENTS

काठमाडौँ । केहिदिनयता काठमाडौँमा आगलागीका घटना लगातार रुपमा भैरहेका छन् । यसैक्रममा सोमबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ ।

अस्पताल प्रशासनका अनुसार अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठाबाट सुरू भएको आगो सेन्टरको चौथो र पाँचौं तलामा फैलिएको थियो । तर, आगालागी भएको केही समयमै काठमाडौं महानगरपालिकाका तीन दमकलले आगो नियन्त्रणमा लिएको महाराजगञ्ज प्रहरीले जनाएको छ । प्रहरी र अस्पताल प्रशासनका अनुसार बिधुत सर्ट भएर आगलागी भएको हुनसक्छ । यद्यपि, आगालागी कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।