0 COMMENTS

काठमाडौं, साउन २३

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेश रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रिया लगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिन यता नेताहरुलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन् ।

दाहालले बुधबार वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झण्डै तीन घण्टा खुमलटारमा छलफल गरे । दुई नेताबीच कार्यविभाजन, एकता प्रक्रिया, राजनीतिक परिदृष्य र पार्टी कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्रोतको भनाइ छ ।

दाहालले सोमबार अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।