0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ/  मानिस सामाजिक प्राणी हाे उसलाई हरेक गतिविधिमा एकअर्काको साथ सहयोग चाहिन्छ । सामाजिक र सामुहिक साेच बिचार हुन्छ मानिसमा त्यै साेच र बिचारकाे कारणले समाजमा मिलेर बसेकाे हुन्छ । पछिल्लो समय विभिन्न कारणले समाजमा विखण्डन , मनमुटाव ,झैझगडा बढ्दै जान थालेको छ । अशिक्षाकाे कारण चेतनाको स्तर कम हुदा समाजमा बर्गिय ,जातीय ,धार्मिक , लगाएतका विभिन्न कारणले बढेको मनमुटाव ऐले समाजकाे मुल समस्या बनेको छ जसले समाज बिकासकाे हरेक क्षेत्रमा नकारात्मक असर पारेको देखिन्छ ।

जातीय ,बर्गिय , धार्मिक ,क्षेत्रीय लगाएत  कारणले सर्बश्रेष्ठ प्राणी चेतनशील प्राणी मानवकाे सामाजिक र सामुहिक बिचारमा बिचलन ल्याउन थालेको भन्दै यसकाे निराकरण गरि समाजमा रहेका जातजाति ,भाषाभाषी ,धर्म संकृति रितिरिवाज मान्ने धनी गरिब ,ठुलो सानाे सबै लाई एकताबद्ध बनाएर सामाजिक सद्भाव बलियो बनाउने, भातृत्व भावनाकाे बिकास गर्ने, सुखदुःख मा सामुहिक तरिकाले उपस्थिति भएर सहयोग गर्ने उद्देश्य राखेर स्थापना भएको चिति कार्किडाँडा सेवा समाजले अाफ्नाे सक्रियता बढाएको छ । सेवा र सहयोगकै लागि भनेर स्थापना भएका संघ संगठन धेरै भएपनि याे अरु भन्दा फरक शैलीमा समाज रुपान्तरणकाे अभियानमा जुटेको छ । चिति बाट बेसीशहरमा अाएर स्थायी वा अस्थायी रुपमा बसाेवास गर्ने हरुकाे साझा संगठन चिति कार्किडाँडा सेवा समाजले सामाजिक भावनाको बिकास साथै समाजकाे भाैतिन संरचना बिकासमा पनि अगाडि बढेको छ ।

प्रतेक महिनाकाे पहिलो सनिवार नियमित बैठक गरि समाजले समाजका सदस्यमा परेको दुख – सुख काे बारेमा छलफल गरि समस्याको समाधान का लागि सहजकर्ताकाे भुमिका खेलेको छ । प्रतेक महिनाकाे पहिलो सनिवार पालैपालो सबै सदस्य हरुकाे निवासमा बैठक बसेर समाज बिकासकाे बारेमा छलफल र चियापान कार्यक्रम गरिन्छ जसले एक अापसमा मनमुटाव हुन दिदैन । समाजकाे कुनै एक सदस्य बिरामी हुदा, शुभकार्य वा अशुभकार्य हुदा सबै उपस्थित भएर सहयोग गर्ने हुनाले समाजकाे कुनैपनि सदस्यले एक्लो महशुस हुन नपरेकाे समाजका सदस्य हरुकाे भनाइ छ। स्थापना भएको धेरै समय नभए पनि राम्रो काम र राम्रो बिचार प्रवाह गरेर समाज लाई सकारात्मक सन्देश दिन सफल भएको छ । समाज बिकासकाे लागि शान्ति, मेलमिलाप, एकता र सद्भाव महत्त्वपूर्ण रहेकोले त्यसकाे लागि समाजले अाफ्नाे गतिविधि बढाएको छ ।

ब्यक्ति बादी स्वार्थ र साेचले ब्यक्तिकाे मात्रै बिकास हुन्छ तर समाज बिकासकाे लागि सामाजिक र सामुहिक साेच र बिचार अावस्यक पर्ने समाजकाे तर्क छ । सेवा सहयोगी भावना र चेतनाको बिकास काे साथ साथै समाजमा भाैतिक बिकासमा पनि अगाडि बढेको छ । चिति कार्किडाँडा बरवाेट बेशी दारिम डाँडा लाई ऐतिहासिक र पर्यटकीय क्षेत्र बनाउने अभियानमा सक्रिय ढंगले समाज अगाडि बढेको छ । अाफ्नाे क्षेत्रकाे बिकासमा चासो खवरदारि साथै सहयोगीकाे भुमिका निर्वाह गर्नेछ समाजले । मानिस समाजकाे एउटा सदस्य र राष्ट्रकाे एउटा नागरिक उसले समाजप्रति र राष्ट्रप्रतिकाे अाफ्नाे कर्तव्य भुल्न हुदैन समाजका सदस्य हरुकाे बिचार छ । सुरुमा कार्किडाँडा सेवा समाज बेसीशहरकाे रुपमा स्थापना भएको संस्था ऐले बिस्तारै सबैलाई समेटेर अगाडि बढेको छ ।

चिति कार्किडाँडा सेवा समाज , चिति सेवा समाज,लमजुङ सेवा समाज हुदै राष्ट्रिय स्तरकाे संस्था बनाउने उद्देश्य छ । चिति कार्किडाँडा सेवा समाजकाे सन्देश मुलक , रचनात्मक र सकारात्मक कामकाे सबैले अनुसरण गर्न सके समाजकाे बिकासमा ठुलो याेगदान पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।