0 COMMENTS

व्रतमा ठूलो एकादशी अनि तीर्थमा ठूलो काशी भन्ने उखान सनातन हिन्दू धर्ममा आस्था राख्ने हरेक नेपाली लाई सायद थाहा छ। प्रत्येक महिनामा पर्ने दुई वटा ले वर्षभरि २४ वटा अनि मलमास वा पुरुषोत्तम महिना परेका बेलामा पर्ने थप दुई वटा गरी २६ वटा हुने एकादशी हरुका नाम फरक फरक छन् भने तिनका व्रत विधि, महत्व र फल पनि फरक छन्। जसरी कुनै भगवान लाई सानो ठूलो भन्न मिल्दैन त्यसैगरी एकादशी लाई पनि सानो ठूलो भन्न मिल्दैन सब समान छन् तर असार शुक्ल एकादशी (हरिशयनी) र कार्तिक शुक्ल एकादशी (हरिबोधनी) लाई ठूलो मानिनु चाई, एकादशीको व्रत सके सबैले सबै लिनु पर्दछ नसके चतुर्मास मा मात्र जुन सुरु गर्दा एक महिना अगाडि निर्जला एकादशी देखि लिनु पर्दछ र त्यो पनि नसके दुई वटा तुलसी रोप्ने र विवाह गर्ने दिनको मात्र भए पनि लिनु पर्ने अर्थमा मानिएको हुन सक्छ।जगतमा सृष्टि भएका सबै वस्तु हरुलाई भगवानले व्यवस्थापन गर्ने क्रममा पापले आफ्नो बासस्थानको माग गर्दा एकादशीको दिन अन्नमा बस्ने अनुमति पाएको कारण पनि यो दिन अन्न ग्रहण नगर्नु भनिएको हो।

निर्जला एकादशीको दिन राखिएको दल वा तुलसीको बीउ लाई कामिका एकादशीको दिन पन्ध्र दिनपछि गोड्ने र हरिशयनी एकादशीको दिन रोपेरपूजा गर्ने, जलको सेवन गर्ने तथा साँझमा दीपक जगाउने गर्नु पर्दछ। आयुर्वेदमा तुलसीको महत्व अधिक रहेको तथा प्रसस्त मात्रामा अक्सिजन दिने बिरुवा भएका कारण पनि हर घरमा रोप्नु उत्तम मानिएको हो।तुलसीको एउटा नाम बृन्दा पनि भएकोले याे बिरुवा रोपेको हरेक घर बृन्दा वन समान हुन्छ भनेर पनि शास्त्र मा लेखिएको पाइन्छ र यो तुलसीको पूजा पनि सके वर्षै भरी गर्नु पर्ने र नसके कार्तिक महिनामा मात्र भए पनि गर्नु सुख शान्ति ,समृद्धि र सौभाग्य का लागि उचित हुने हुनाले कार्तिक महिनाको स्नान, तुलसी पूजा र दिपदानको महिमा अधिक हुन गएको हो।

बृन्दा काे पतिव्रता धर्म नष्ट गरेर जालन्धरको बध हुन पुग्दा बृन्दा काे सराप पाएका विष्णुले पतिव्रता काे सराप उलङ्घन गर्न नसकी झार (तुलसी), घाँस (कुश), वृक्ष(पिपल) र ढुङ्गा (शालिग्राम) हुनु परेका कथा हामीले पुराणहरूमा सुनेका छौं। सरसर्ती हेर्दा अर्काकी श्रीमती को जाल झेल गरी पतिव्रता धर्म नष्ट पारिदि ने अनि उसको श्रीमानको मृत्यु गराई आफ्नो बनाउन खोज्ने विष्णुको छल लाई राम्रो मान्न सकिदैन। त्यसैले त विभिन्न समयमा गरेका लीलाहरुका आधारमा विष्णु भगवानका नाम हजारौं रहन गए सँगै दुर्योधन ले छली पनि भन्ने गरेको पाइन्छ तर धेरै घटना, सराप, वर हरुलाई मिलाउँदै सृष्टि काे पालन का लागि विष्णुले गरेका लीलाहरुको रहस्य कसैले बुझ्न सक्दैन यी अवर्णित छन्।

देवाधिदेव महादेवकी परम भक्तिनी बृन्दा ले हरेक प्रदोष तिथिमा शिव को कठोर पूजा र ब्रत गरे पश्चात् पाएकी आफ्नो श्रीमानको अजय हुने वर ले त्यतिखेर सम्म मात्र काम गर्दथ्यो जतिखेर सम्म उनका पति जालन्धर पनि पत्नी व्रत रहन्थे। तर एक दिन आफ्ना पति जालन्धरले गरेको आफ्नो रूपको वर्णनमा उनले गल्तीले म के राम्री छु र? कैलासकी पार्वती पो राम्री छन् भनी छल गर्न लगाउँदा आफूले बर्षौ सम्म तपस्या पूजा र व्रत गरी पाएको वर निस्फल हुन गई अनाहकमा आफ्नो र आफ्ना श्रीमानको ज्यान गुमेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।