0 COMMENTS

वि.सं. २०७६ आषाढ २३ गते सोमबार तदनुसार ई. सं. २०१९ जुलाई ०८ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : द्राभिषेक(रुद्रीपूजा), पसल थाप्ने, शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) षष्ठी तिथि, दिउँसो ११:३५ बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराफाल्गुनी नक्षत्र, बेलुका १०:५४ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा सिंह राशिमा, बिहान ०६:०६ बजेसम्म, त्यसपछि कन्या राशिमा, वरीयान् योग, साँझ ०८:११ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा तैतिल करण दिउँसो ११:३५ बजेसम्म, त्यसपछि गर करण बेलुका १०:२३ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, नक्षत्रशूल : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २३ पला (१३ घण्टा ४५ मिनेट, रात्रीमान : २५ घडी ३७ पला (१० घण्टा १५ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०६:५९ देखि ०८:४२ सम्म, यमघण्ट : बिहान १०:२५ देखि १२:०८ सम्म, गुलिक काल : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०५:१६ देखि ०६:५९ सम्म र साँझ ०५:१८ देखि ०८:१८ सम्म, लाभ वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म, शुभ वारवेला : बिहान ०८:४२ देखि १०:२५ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । छात्रछात्रा र अध्येताले बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउने छैनन् । गृहस्थीहरूलाई छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । प्रायः सबैले झैझमेलामा सामेल हुने दिन छ, विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । प्रेम तथा प्रणयप्रसङ्गमा मध्यम फल छ । बन्दव्यापारबाट लाभै हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । छात्रछात्राको अब पठनपाठनमा मन जाने समय छ, त्यस्तै अरुले पनि ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । सुरुमा पैसाको मामिलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । गृहस्थीजनको छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । किशोर/किशोरीको मनमा कल्पना र भावना सल्बलाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो भएको छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । छात्रछात्राले सहकार्यका माध्यमबाट नयाँ कुरा सिक्न पाउने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । गृहिणीहरूको परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको मद्दतले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । प्रायः सबैको मनमा आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउने छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विद्यार्थीहरूले पराक्रम देखाउने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । छात्रछात्राले अभिव्यक्ति कौशल प्रदर्शन गर्ने दिन हो । गृहिणीहरूले चेलीबेटीको चाकरी गर्नुपर्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजबाट राम्रो समयको सुरुवात भएको छ । एकाबिहानै बाह्रौ भावमा र दिनभरि आफ्नै घरमा चन्द्रमा रहने छ, त्यसैले मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आज विद्यार्थीहरूले प्रतियोगितात्मक क्रियाकलापबाट लाभ पाउने छन् । व्यवसायीहरूको आम्दानीमा कमी आउने छैन, समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बिहानको समय असल छ, मध्याह्नको सुरुवातसँगै धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । कृषिक्षेत्र र पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । गृहिणीहरूले आज असाध्यै दौडधूप गर्नुपर्ने दिन छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । कतै यात्रामा निस्कने योजना समेत बन्नसक्छ, धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । छात्रछात्राले पढाइका तुलनामा मनोरञ्जनात्मक क्रियाकलापमा सक्रियता देखाउने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अकर्मण्यता र लापरवाहीका कारण बन्नलागेको कुनै काम अन्तिम समयमा बिग्रन सक्छ, आज लगनशील र विवेकपूर्वक काम गर्नुपर्छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । आर्थिक पक्षमा कुनै उतारचढाव आउँदैन । पारिवारिक जीवन सामान्य छ । हरेक क्षेत्रमा आफ्नो साख रहनसक्छ, तर चञ्चलता र घमण्डले अप्ठ्यारामा परिन्छ । ढिलो हुनसक्छ, तर सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । सामाजिक र परोपकारी काममा समय दिनुपर्ने हुन्छ । छात्रछात्रामा निराशा र वैराग्यका भावना आउने भएकाले पठनपाठन प्रभावित बन्नसक्छ । व्यवसायीहरूलाई उधारोमा गएको धनले सताउने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । गृहिणीहरूको परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ । रोजगारीको प्रयास गर्नेका लागि आजको दिन अनुकूल बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज भाग्यबल राम्रो छ, भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । गृहिणीहरूका लागि परोपकारी काममा खट्नुपर्ने भएकाले घरगृहस्थीका कामकाजमा असर पर्न सक्छ । मान्यजन र बृद्धबृद्धाका कुरा सुन्ने र चाहना पूरा गर्ने अवसर मिल्नेछ । विद्यार्थीहरूका लागि पठनपाठनमा प्रगति हुनुका साथै दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रातःकालको चन्द्रमा तपाईंको अनुकूल रहेकाले दिउँसोसम्म राम्रो दिन छ कुनै महत्त्वपूर्ण काम छ भने बिहानै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुनसक्छन् । यद्यपि शुभग्रहको दृष्टि रहेकाले आफूले गरेका मिहिनेत र परिश्रमको प्रतिफल राम्ररी नै प्राप्त हुनेछ । घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल नै छ । कठिन र नसुल्झिएको विषयवस्तुमा एकाग्रता देखाएमा विद्यार्थीहरूले आज हल गर्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज दिनको सुरुवातमा छैटौं भावमा चन्द्रमा छ, तर दिनभरि सप्तम भावमा चन्द्रमा रहने छ, त्यसैले दिउँसोदेखि आनन्द र खुसीको वातावरण प्राप्त हुनेछ । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । विद्यार्थीहरूले तर्कवितर्क, वादविवाद र प्रतिस्पर्द्धामा विजय प्राप्त गर्नेछन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।