0 COMMENTS

काठमाण्डौँ, असार ९/काठमाडौसहित देशको धेरैजसो ठाउँको मौसम सोमबार आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार विषेशगरी पूर्वका केही ठाउँ, मध्य-पश्चिम र सुदूर-पश्चिमका केही ठाउँमा अलि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

मनसुनी गतिविधि बढेका कारण पानी पर्ने सम्भावना रहेको उहाँको भनाई छ । तर आइतबार जस्तो भारी वर्षाको सम्भावना भने नभएको मौसमविद् अर्यालले बताउनुभयो ।

सोमबार बेलुका भने देशको सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । अबको १/२ दिनको मौसम यस्तै हुने छ ।यसैबीच सोमबार पानी परेपछि देशका प्रमुख नदीहरुमा पानीको बहाब बढ्ने तर खतराको तह पार नगर्ने बाढी पुर्वानुमान महासाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।