0 COMMENTS

वि.सं. २०७६ ज्येष्ठ २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुन ११ तारिख, ज्येष्ठ शुक्ल नवमी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, बालब र कौलव करण, आजको चाडपर्व र उत्सव : ण्, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : गङ्गा दशहरा, रामेश्वर, दक्षिण भारतमा गङ्गापूजा, हत्यामोचन तीर्थ स्नान, रुरु रिडीक्षेत्रमा हृषिकेशोत्सव, वज्रगुरु पद्मसम्भव जयन्त्री, गोसाइँकुण्डमा स्नान समाप्ति, बाजुरा बेहडा बाबामा जलार्पण,

भोलिको मूहुर्त : शुभविवाह, ब्रतबन्ध (उपनयन), अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:३० देखि ०५:१४ सम्म, यमघण्ट : बिहान ०८:३७ देखि १०:२० सम्म, गुलिक काल : दिउँसो १२:०४ देखि ०१:४७ सम्म, काल वारवेला : दिउँसो ०१:४७ देखि ०३:३० सम्म, रोग वारवेला : बिहान ०५:१० देखि ०६:५३ सम्म र साँझ ०५:१४ देखि ०८:१४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२० देखि १२:०४ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुनसक्छन् । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । निर्णायक क्षमतामा कमी आउने छ, त्यसैले कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नचिताएको ठाउँबाट धनलाभको सङ्केत छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्ययस्थानमा चन्द्रमा रहे पनि शुभ ग्रहको प्रभावले सरकारी, प्रशासनिक वा अड्डाअदालतमा विचाराधीन रहेका विषयबाट लाभ लिन सकिने छ । प्रेम सम्बन्धमा आएको तिक्तता हटाउने प्रयास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । लामो दूरीको वा दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । छिटो समाप्त हुने कुनै काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्य र संयम भई अघि बढ्दा सफल हुने दिन छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । पारमार्थिक वा सामाजिक काममा धनव्यय हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चासँग भावना बुझ्ने प्रयास हुनेछन् । अभिभावक वा इष्टमित्रको शुभकामना र सहयोग प्राप्त हुनेछ । प्रयास गरेका काममा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा रुचि बढ्ने छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आस मारेको काम पनि पूरा गर्ने साहस र हिम्मत पलाउने छ । विगतको परिश्रमको समुचित मूल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज झिनामसिना समस्याको सामना गर्दै निरन्तरको लगनशीलता र संघर्षपछि सफलता प्राप्त हुने दिन हो । चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोणले दूरगामी सकारात्मक परिणाम प्रदान गर्नेछ । दानपुण्यप्रति आकर्षित बन्नुहोला । झैझगडा र मुद्दामामिलाबाट फाइदा नै हुनेछ । आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ, तपाईंका विचार र भावनामा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।