0 COMMENTS

२७ जेठ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सूचना प्रवाहलाई सुनिश्चित गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् ।सोमबार नेपाली सेनाको जंगी अड्डामा भएको सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सेना कटिबद्ध रहेको बताएका हुन् ।

‘सोहि क्रममा समापन मन्तव्य राख्‍नु हुँदै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सूचनाको हक आमनागरिकको मौलिक हक भएको तथ्यलाई मनन् गर्दै सूचनाको संवेदनशिलतालाई समेत मध्यनजर गरी सूचना पहुँचको सहज कार्यान्वयन मार्फत सूचना प्रवाहलाई सुनिश्चित तुल्याउन नेपाली सेना सदा प्रतिबद्ध रहेको व्यक्त गर्नुका साथै राष्ट्रिय सूचना आयोगबाट प्राप्त सुझावहरुलाई आत्मसात गरी आगामी दिनहरुमा सूचनाका हकको थप प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना सदा कटिबद्ध एवं प्रयत्‍नशिल रहिरहने बताउनु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका जंगी अड्डामा कार्यरत रथीबृन्दको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानको धारा २७ अनुसार प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक भएकाले नेपाली सेनासँग माग हुने सूचना निर्वाधरुपमा प्रवाह गर्न नेपाली सेना प्रतिबद्ध रहनुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा नेपाली सेनाद्वारा राष्ट्रिय सूचना आयोगसँगको समन्वयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थालगायत विषयमा पनि छलफल भएको थियो ।कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डेसहित सैनिक उच्च अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।