0 COMMENTS

काठमाडौँ २१जेष्ठ/ जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने जनाएको छ ।

केहीबेर खुलेको जस्तो भए पनि मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी पनि चल्ने मौसमविदले बताएका छन् ।

प्रि मनसुनको समय रहेको र बंगालको खाडीबाट जलवाष्प युक्त वायु सतही रुपमा आइरहेकाले मौसम बदली भएको हो । दिउँसोतिर मौसम खुले पनि फेरि बादल लागेर अपराहन्न तथा बेलुकातिर मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।