0 COMMENTS

वीरगन्ज१४जेष्ठ/ घरको जगका लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएर पर्साको वीरगन्जमा २ जनाको मृत्यु भएको छ ।वीरगन्ज महानगरपालिका–१४ स्थित राजाराम जलाको निर्माणाधीन घरको जगको लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएका २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको बिश्रामपुर–५ ईटिहायीका ५० वर्षीय दशरथ पण्डित र बाराको परवानिपुर–४ का ५० वर्षीय जवाहिर राम छन् ।माटोले पुरिएका बाराको परवानिपुरका ४५ वर्षीय राजेन्द्र रामको भने गण्डक अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ घरको जगका लागि खाल्टो खन्ने क्रममा ३ जना माटोमा पुरिएका थिए । तीनैजनालाई उद्दार गरी उपचारका लागि लगिएको बारा बिश्रामपुरका पण्डितको तराईं अस्पताल वीरगन्जमा मृत्यु भएको थियो । यस्तै परवानिपुरका जवाहिर रामको गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।