0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ ०५जेष्ठ/ लमजुङको बेसीशहर नगरपालिका – ११ चिति स्याउत हाल काठमाडौं निवासी रत्नज्याेति पन्तले अाफ्नाे शुभ जन्मदिनको अवसरमा बृक्षराेपण गरेर जन्मदिन मनाउनु भएको छ ।

प्राईम कलेज काठमाडौं चार्टर एकाउन्ट मा अध्यानरत पन्तले अाफ्नाे २३ अाैं जन्मदिनको शुभ अवसरमा एभाेकाडाे काे वृक्ष राेप्नुभएकाे हाे । बिश्व वातावरण सन्तुलन कायम राख्न ,नेपाली माैलिकताकाे संरक्षण गर्न भन्दै एक नेपाली बार्षिक न्युनतम एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपण अभियान २०७५ मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुभएकाे थियोे । बिश्वभरका मानव जातीमा शान्ति एकता र सद्भावकाे प्रतीक साथै बिश्वभर हरियाली बनाउने उद्देश्यका राखेर अभियान सुरुवात भएको हाे । बिश्वभरका मानव जातीमा याे अभियानले सकारात्मक सन्देश दिनेछ भन्ने अभियानकाे अपेक्षा छ । अभियान रचनात्मक र सकारात्मक रहेकोले अाफु पनि याे अभियान लाई सफल पार्न एउटा अभियान्ता बन्ने पन्तको भनाइ छ ।

अायातित धर्म संकृति र चालचलन ले नेपाली माैलिक संकृति बिस्तारै लाेप हुदै गएको भन्दै अायातित संकृति सकभर राेक्ने नसके नेपाली माैलिकता संग मेलखाने गरि अाफ्नाे अनुकुल प्रयोग गर्नुपर्ने उहाँको तर्क छ । एकातर्फ बिश्वब्यापी रुपमा बिग्रेको वातावरण असन्तुलन नियन्त्रण गर्न सकिन्छ भने अर्कोतर्फ बिश्वभरका मानव हरुमा शान्ति एकता र सद्भावकाे सन्देश दिन सकिने हुनाले यस्तो महत्त्वपूर्ण अभियानमा सम्पूर्ण नेपाली हरुकाे साथ सहयोग र समर्थन रहनुपर्छ । राष्ट्रिय स्तरमा मात्रै नभए र बिश्वब्यापी रुपमा अभियान अगाडि बढाउन बिशेष गरि युवापुस्ता सक्रियताका साथ लाग्नुपर्ने उहाँको भनाइ छ ।

चितिकाे बिकासमा उहाँको हजुरबुबा प्रतापशालि पन्तको महत्त्वपूर्ण भुमिका रहेको हुनाले अाज पनि चितिका बासिन्दा हरु उहाँको सम्झना गर्दछन् साथै उहाँको बुबा ज्ञानशालि पन्त चितिकाे एउटा साहित्यिक ब्यक्तित्व साथै समाजसेवी भएर चितिकाे बिकासमा सक्रियता देखाईरहनु भएको छ । चिति स्याउत निवासी पन्त परिवार हाल काठमाडौं मा हुनुहुन्छ । अाफ्नै निवास परिसरमा बृक्षराेपण गर्दै सम्पूर्ण युव बर्ग हरु लाई अभियानमा साथ दिन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।