0 COMMENTS

काठमाडौं०५जेठ/धादिङको गजुरी गाउँपालिकामा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३४७ नम्बरको बस गजुरी गाउँपालिका ६ को बञ्चरेटारमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट ३ जनाको शव फेला परेको र ३ जनालाई उद्धार गरी काठमाडौं ल्याउँदै गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अहिले पनि उद्धार कार्य जारी छ । बस सडकबाट तल नदीमा खसेको छ । बसमा कति यात्रु थिए भन्ने विवरण नआउँदा दुर्घटनामा कति घाइते भए भन्ने खुलेको छैन । दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।