0 COMMENTS

काठमाडौं०२जेठ/ राजधानीको कालोपुलमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेका हुन् ।

उनलाई महानरीय प्रहरी परीसरको टोलीले पेप्सीकोलाबाट बुधबार राति नै पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो । पक्राउ परेका भूजेललाई महानरीय प्रहरी परीसर काठमाडौं लगिएको छ ।

एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ । एसिड प्रहारबाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ ।

एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ । भुजेललाई काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिनुभयो । यस घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।