0 COMMENTS

वि.सं. २०७६ वैशाख ३० गते सोमबार तदनुसार ई. सं. २०१९ मई १३ तारिख, वैशाख शुक्ल नवमी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, ध्रुव योग, कौलव र तैतिल करण, आजको चाडपर्व र उत्सव : सीता जयन्ती, अगस्त्यास्त राती ११ बजेर ०५ मिनेटमा, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : ण्, भोलिको मूहुर्त : शुभविवाह, कलशचक्र,

आजका लागि अशुभ समय :
राहु काल : बिहान ०६:५९ देखि ०८:४० सम्म, यमघण्ट : बिहान १०:२० देखि १२:०१ सम्म, गुलिक काल : दिउँसो ०१:४२ देखि ०३:२२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
अमृत वारवेला : बिहान ०५:१९ देखि ०६:५९ सम्म र साँझ ०५:०३ देखि ०८:०३ सम्म, लाभ वारवेला : दिउँसो ०३:२२ देखि ०५:०३ सम्म, शुभ वारवेला : बिहान ०८:४० देखि १०:२० सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : सूर्यदेव, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : अल्छी र अकर्मण्यता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चौथो घरमा चन्द्रमा भए पनि खासै नराम्रो समय छैन । त्यसैले आफूलाई परिस्थितिअनुसार ढाल्न सक्नुपर्छ, नत्र दुःख पाइनेछ । विदेश भ्रमणको प्रयत्न सफल हुनसक्छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । महत्वाकाङ्क्षी योजना गोपनीय राखेमा कार्य सफल हुनेछ । पहिलेका वाचा पूरा गर्न दौडधूप गर्नुपर्ने छ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ । घरखर्चको मात्रा बढ्नेछ ।

शुभरङ्ग : गाढा रातो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने, के नगर्ने : गोपनीयता भङ्ग

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समयको गतिलाई अनुसरण गर्ने आँट र हिम्मत पलाउने छ । नयाँ भौतिक साधन जोहो गर्ने वातावरण बन्नेछ । अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । घरायससी र दाम्पत्य सम्बन्धमा सुमधुरता प्राप्ति हुनेछ । कृषि, पशुपालन एवं श्रमसाध्य कामबाट लाभ हुनेछ । प्रतिस्पर्धाबाट लाभ मिल्नेछ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने, के नगर्ने : साथीभाइको बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धनस्थानमा रहेको चन्द्रमा बलियो छ । त्यसैले आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

शुभरङ्ग : सेतो वा उज्यालो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी, के नगर्ने : बोलीवचनमा कडापन

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा उत्साह र उमङ्गको कमी देखिने छ । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित भएमा कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा बढाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । परिवारजनसँगको आत्मीयतामा कमी आउँदैन, काम गर्दा गोपनीयतामा जोड दिनु पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : गणेश, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : मन उत्ताउलो नबनाउने, के नगर्ने : हतारमा निर्णय

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चन्द्रमाको प्रभाव कमजोर छ, तर आफ्नो बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । केही उपहार प्राप्त हुने देखिन्छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । धैर्यले काम लिने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी, के नगर्ने : याचकको अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सोचेभन्दा राम्रै फाइदा हुनेछ । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । दिन मनोरञ्जनपूर्ण रहनेछ । पठनपाठनमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा पनि हुनसक्छ ।

शुभरङ्ग : सेतो वा सुन्तले, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने, के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । तत्काल सामान्य उपलब्धि प्राप्त भए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने छ ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भोलेशङ्कर, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने, के नगर्ने : उदासीनता÷नैराश्यता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूले विशेष फाइदा लिन सक्नेछन् । रुचिका विषयमा लगानी बढाउन अनुकूल समय छ । सामाजिक उत्तरदायित्वको जिम्मेबारी लिनु पर्नेछ । सामाजिक र परोपकारी काममा श्रम तथा बुद्धिको उपयोग हुनेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : विष्णु, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : कुलधर्म र परम्पराको अनुसरण, के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : सङ्कटा देवी, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : तीव्रगति र हडबड

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोख पूरा हुनुका साथै विभिन्न अवसर पाइने समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

शुभरङ्ग : सुन्तले, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : विष्णुलक्ष्मी, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल, के नगर्ने : परिवारको बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिने छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुनसक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । काम बन्नाले निकै उत्साहित भइनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : गणेश, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : खानपानमा नियन्त्रण, के नगर्ने : आवेग, घमण्ड र क्रोध

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।