0 COMMENTS

बासुदेब सेडाइ,लमजुङ२६बैशाख/ लमजुङमा प्रमुख जिल्ला अधिकारीकाे कार्यभार समाल्न अाउनुभएका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई लाई ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय लमजुङ बेसीशहरले स्वागत गरेको छ ।  जिल्ला प्रमुखको हैसियतले कार्यभार सम्हाल्न अाउनु हुने अधिकारी लाई स्वागत गर्दै ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय काे बारेमा जानकारी गराउने जिल्लामा बिद्यालयले गरेका गतिविधिकाे बारेमा साथै ज्ञानकाे बारेमा अाफ्नाे धारणा राख्ने गरेको छ ।

नैतिकता, अनुशासन ,असल अाचरण,असल संस्कार भुल्दै गएर ऐले मानवकाे व्यावहार दानबकाे जस्तो देखिएकाे छ त्यसको निराकरण गर्न समाजमा शान्ति स्थापना गर्न ज्ञानकाे माध्यम बाट सहज हुने ज्ञानमा लाग्नुभएका ब्यक्ति हरुकाे तर्क छ । स्वागत कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले बर्तमान अवस्थामा ज्ञानकाे महत्त्व अत्यन्तै रहेको ज्ञानकाे माध्यम बाट समाजमा सकारात्मक सन्देश प्रवाह गरि शान्ति र सुशासन कायम गर्न सकिने बताउनु भयो । ज्ञान सहजै प्राप्त हुदैन सत्कर्ममा लाग्ने हरुले मात्रै ज्ञान हासिल गर्न सक्छन् । सुखसयल ,भाेग बिलाषमा लाग्ने हरुले ज्ञानकाे बारेमा बुझ्न सक्दैनन् । शरीर र मन दुई अलग हुन् शरीर ढलेर जान्छ अन्त्य हुन्छ तर मन अात्मा कहिल्यै मर्दैन त्यसैले सधैं सकारात्मक साेच्ने गर्नुपर्छ उहाँको तर्क थियोे । धन,बल,रुप जस्ता बिषय क्षणिक र नाशवान रहेकोले त्यसकाे घमण्ड मानिसले गर्न हुदैन ।

असल अाचरण,असल संस्कार ,ईमानदारीता,नैतिकता ,शालिनता,नम्रता,शिष्ट ता,सहनशीलता अादि जस्ता अमुल्य मानवीय गुणहरु ज्ञानबाट मात्रै प्राप्ति हुने हुनाले ईश्वरीय बिश्वबिद्धालयले गरेको ज्ञानकाे माध्यमबाट समाजमा परिवर्तन ल्याउन गरेको प्रयास अत्यन्तै राम्रो रहेको बताउनुभयो । कार्यक्षेत्र लमजुङ परेर अाफु लमजुङ अाउदा पनि परिवार संगै रहेको अनुभुती अाफुले गरेको लमजुङ एउटा सुन्दर जिल्ला साथै जिल्ला बासि हरुकाे माया र ममताले अाफुलाई काम गर्न अत्यन्तै सजिलो भएको अनुभव सुनाउनु भयाे ।

कार्य व्यास्तताकाे कारणले त्यति समय दिन नसकेपनि ज्ञान लिने बिषयमा अाफ्नाे रुचि रहेको अाफु जिल्लामा रहुन्जेल ज्ञानकाे बारेमा हुने कार्यक्रममा सहभागी हुने अाफ्नाे तर्फबाट सक्दाे सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय बेसीशहर लमजुङकाे प्रमुख संचालिका राधा दिदिकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन सचिव रामचन्द्र ढकालले गर्नुभएको थियोे । कार्यक्रममा प्रमुख संचालिका राधा दिदिले प्रमुख जिल्ला अधिकारी भट्टराई लाई ईश्वरीय उपहार प्रधान गर्नुभएको थियोे ।

 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।