0 COMMENTS

काठमाडौं २२बैशाख/ रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरु हुँदैछ । जात्राअघि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर टंगालबाट बाजासहित पुल्चोक ल्याइनेछ । आज दिउँसो जात्रा सुरु हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।उनका अनुसार रातो मच्छिन्द्रनाथलाई टंगालबाट तीन बजे बाजासहित पुल्चोक लगिनेछ । पुल्चोक र्पुयाएर विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि जात्रा सुरु हुनेछ ।

रथलाई जेठ तेस्रो सातासम्म जावलाखेल पुर्याउने पुर्याउने योजना छ । रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर जात्रा समापन हुन्छ । मच्छिन्द्रनाथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि दुवै रथ तान्न सुरु गरिन्छ । गाबहालसम्म मच्छिन्द्रनाथको रथको अघिअघि मीननाथको रथ तान्निछ ।२५ वैशाखमा स्थानीयले रथलाई पुल्चोकबाट गाबहाल पु¥याउनेछन् । गाबहाल पुगेपछि मच्छिन्द्रनाथको रथलाई अगाडि राखेर नगर परिक्रमा गराउने परम्परा छ । १३ सय वर्ष अघिदेखि रथ जात्रा सुरु भएको गुठी संस्थान ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।