0 COMMENTS

 नमराज भट्ट काठमाडौ १४/ पछिल्लो समय वातावरण का विषयहरुमा युवाहरुको चासो बढ्दोरुपमा पाईएको छ । केहि समय यता सामाजिक सन्जालहरुमा TrashTagChallenge निकै लोकप्रिय हुदै आएको छ र यसमा धेरै युवाहरु जुटेकापनि देखिन्छन । यसै क्रममा टिम नेपो नामक एक सामाजिक संस्थाले आफ्नो टक प्रोग्राम सिरिज ‘चिन्तन चौतारी’ को पहिलो संस्करणको व्यापक सफलता पछि बिहिबार लिभरपुल इन्टरनेशनल कलेज, वानेश्वर, काठमाण्डौ मा दोश्रो संस्करण पनि सम्पन्न गरेको छ । ५० जना भन्दा बढी युवाहरु सहभागी रहेको सो कार्यक्रममा “प्लास्टिक प्रदुषण” विषयमा बोल्ने मुख्य वक्ता युगान मानन्धर हुनुहुन्थ्यो । उहा टिम नेपो को सल्लाहकार को रुपमा पनि रहदै आउनुभएको छ भने हाल म्यानमारमा कार्यरत हुनुहुन्छ ।

वातावरण तथा जलवायु को क्षेत्रमा दुई दशक भन्दा लामो समय काम गरिसक्नु भएका मानन्धरले कार्यक्रममा वातावरणिय सन्तुलनमा प्लास्टिक प्रदुषणले पुर्याउने असरका बारेमा तथ्यगत कुराहरु प्रस्तुत गर्नुभयो । उहाले प्लास्टिक प्रदुषणका कारणहरु, यसले वातावरण संगै मानव जीवनमा पुर्याउने असरहरु साथै न्यूनीकरणका उपायहरुका बारेमा पनि कुरा गर्नु भयो । साथै सहभागीहरु बीचपनि आफु व्यक्तिगत रुपले प्लाष्टिक न्यूनीकरणका लागि गरेका उपाय तथा अरु कथा पनि आदानप्रदान भयो ।

विश्व्व्यापी प्लास्टिक प्रदुषणको अवस्था, यसले वर्तमान तथा भविष्यमा पार्न सक्ने असरहरु साथ साथै समाधानका लागि यसका निम्ति भैरहेका प्रयासका बारेमा पनि मानन्धरले प्रकाश पार्नु भएको थियो । ‘चिन्तन चौतारी’ कै संयोजक नारायण खनालले संचालन गरेको दोश्रो संस्करणको अन्त्य मा बोल्दै टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले वातावरण संरक्षण, जीवनशैली परिवर्तन तथा स्वास्थ्य सम्वर्दनका लागि टिम नेपोले गरिराखेको सानो प्रयास मा सबैलाई जुट्न अवान गर्नुभयो र आजैका दिनबाट प्लाष्टिक न्यूनीकरणका लागि ‘चेन्ज एजेन्ट’ अर्थात् परिवर्तनका सम्बाहक बन्नलाइ आग्रहपनि गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।