0 COMMENTS

काठमाडौं ०५ बैशाख/ पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ लागेको प्रहरीले जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लवका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहले विभिन्न आन्दोलन गर्ने घोषणा गरेको थियो । सोही आन्दोलन अन्तर्गत बम राखिएको हुनसक्ने आशंका गरिएपनि अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन् ।विप्लव समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।विप्लव समूहमाथि निक्कै आक्रमक बनेको सरकारले विभिन्न गतिविधिमा संलग्न विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ पनि गरेको छ।

यसैबीच पूर्वीनवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योगमा हिजो (बुधबार) बम विस्फोट भएको छ । बोत्तलमा बारुद भरेर उद्योग भित्र फालिएको र सोही बारुद भएको बोत्तल विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाले जानकारी दिए ।
विस्फोटबाट ठूलो क्षति भएको छैन। घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।