0 COMMENTS

काठमाण्डाै ३बैशाख/  काठमाण्डौँको शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज मिति २०७६ वैशाख ०३ गते सि.सं.२६ कमाण्ड तथा स्टाफ तालिमको निमित्त बलाधिकृत रथी श्री शरद गिरीले एक विशेष समारोहकाबीच शुभारम्भ गर्नुभएको छ ।

 उक्त कार्यक्रममा निमित्त बलाधिकृत रथी श्री गिरीले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना दिनु भएको थियो भने कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री ईश्वर हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सोहि अवसरमा उक्त कलेज परिसरमा रहेको कैलाश ग्रीन ग्राउण्ड ईलाकामा तालिममा सहभागी विदेशी शिक्षार्थीहरुले पहिलो पटक आ-आफ्नो देशको झण्डोतोलन समेत गरेका थिए ।

उक्त तालिममा नेपाली सेनाका तर्फबाट ५० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र श्रीलङ्का, चीन, दक्षिण कोरिया, नाईजेरिया, पाकिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स, लेवनान, र संयुक्त राज्य अमेरिकाका १/१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६३ जना अधिकृतहरु सहभागी भएका छन् ।

 सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो । वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ८७१, विभिन्न मित्रराष्ट्रहरुका ७३, नेपाल प्रहरीबाट १०, सशस्त्र प्रहरी बलबाट २२, राष्ट्रिय अनुसन्धान विभागबाट १३ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ९९० जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम सम्पन्न गरी सकेका छन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, त्रि.वि.का पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनीतिक नियोगका सैनिक सहचारीहरु, पूर्व शिक्षाधिकृतहरु, विदेशी शिक्षार्थीहरुका कम्युनिटी स्पोंसरहरु, नेपाली सेनाका अधिकृतहरु र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।