0 COMMENTS

खोटाङ ३चैत्र/ काठमाडौंबाट खोटाङका लागि छुटेको यात्रुबाहक बस हलेसीमा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसीनजिकै रिट्ठाबोटेमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ । यी मध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

प्रहरीका अनुसार मृतक एककाे दुर्घटनास्थलबाट उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटाेमै ज्यान गएको हो । उनको परिचय खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएकाे र रुखमा ठाेक्किएर अडेकाे थियाे । साेही कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।