0 COMMENTS

उदयपुर ३बैशाख / उदयपुरगढी गाउँपालिका–१ विष्णुचौरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा उदयपुरगढी गाँउपालिका–१ मुर्मेकी ४५ वर्षीया केसीमाया परियार रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार सोमबार राति कटारी बजारबाट मुरमे गइरहेको स १ ज ५०६ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा १० जना घाइते भएका छन्। तीमध्ये तीन जना गम्भीर रहेको एसपी राईले जानकारी दिए। दुर्घटनाग्रस्त जिप सकडकबाट करिब ३०० मिटर तल खसेको स्थानीयले बताएका छ। उकालोमा लोड तान्न नसकेर जिप दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।