0 COMMENTS

वि.सं. २०७६ वैशाख ०१ गते आइतबार तदनुसार ई. सं. २०१९ अप्रिल १४ तारिख, चैत्र शुक्ल नवमी, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, शूल योग, कौलव र तैतिल करण, आजको चाडपर्व र उत्सव : नववर्षारम्भ, वैशाख संक्रान्ति, भक्तपुरमा विश्वध्वजपातन, टोखामा सपन तीर्थस्नान, खायुसन्हु, काठमाडौंमा चम्पादेवी मेला, सिराहामा सलहेस मेला, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : भक्तपुरमा महाकाली, महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुर ठिमी बालकुमारी यात्रा, स्मार्तहरूले लिने कामदा एकादशी व्रत, भोलिको मूहुर्त : कलशचक्र,

आजका लागि अशुभ समय :
राहु काल : साँझ ०४:५२ देखि ०६:२७ सम्म, यमघण्ट : दिउँसो १२:०५ देखि ०१:४१ सम्म, गुलिक काल : दिउँसो ०३:१६ देखि ०४:५२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
शुभ वारवेला : दिउँसो ०१:४१ देखि ०३:१६ सम्म, अमृत वारवेला : बिहान १०:३० देखि १२:०५ सम्म, लाभ वारवेला : बिहान ०८:५४ देखि १०:३० सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा कन्ट्रोल गर्नुस्, नत्र पाचनप्रणाली गडबडाउन सक्छ ।

शुभरङ्ग : रातो वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : भगवती दुर्गा, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।

शुभरङ्ग : गाढा नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने : घमण्ड

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज आकस्मिक धनलाभको योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मिठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व लिनुपर्ने हुन्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव रहने छ, तर्कवितर्क र वादविवादमा विजय प्राप्त ुहनेछ । मित्रशक्ति, नातेदार र कुटुम्बको साथसहयोग पाइने छ ।

शुभरङ्ग : घिउ रङ, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः , न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने : अनावश्यक खानपान

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा÷व्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।

शुभरङ्ग : सिन्दूरे रातो, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने : हडबड र शीघ्रता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन ।

शुभरङ्ग : सेतो वा बैैजनी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दान, धर्म, परोपकार, के नगर्ने : रिसराग, उद्वेग र क्रोध

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी÷प्रेमिकाको मिलन हुनसक्छ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मक्षेत्रमा चन्द्रमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुनेछ, यद्यपि आम्दानी गरिएको धन मनोरञ्जन र खानपानका क्षेत्रमा खर्च हुनसक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : महालक्ष्मी, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने : लोभ र मोह

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

शुभरङ्ग : सेतो वा पहेंलो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : कुलगुरु÷शिवजी, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने : आडम्बर र ढोंगीपन

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने : असुरक्षित यात्रा

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनोरञ्जन र रसरङ्गका लागि आजको दिन अनुकूल छ । प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । तर खानपानको समयमा फेरबदल हुने सम्भावना छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय व्यतीत हुनाले बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ, घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । प्रेमी÷प्रेमिका र पतिपत्नीका बीचमा सम्बन्धमा चिसोपन आउन नदिनु राम्रो हुनेछ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : परिवारमा अधिकतम समय दिने, के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम,

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन् भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

शुभरङ्ग : हलुका सेतो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भगवान् शङ्कर, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजको दिन ज्ञान र सिप बाँडेर जस लिने समय हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । वाणिमा सरस्वतीको वास छ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने : बुद्धिको दुरुपयोग

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।