0 COMMENTS

धरान ३०चैत्र/ धरानबाट इटहरी आउदै गरेकाे कारले ट्राक्टरलाई वभरटेक गर्नेक्रममा दुर्घटनामा परी थप एककाे मृत्यू भएकाे छ । कार चालक मोरङ सुनदरहरैचा ४ का गोबिन्द बस्नेतकाे उपचारका क्रममा निधन भएकाे बिराटनगर स्थित न्यूराे अस्पतालले जनाएकाे छ ।

सुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्राक्टरलाई वभरटेक गर्नेक्रममा ट्याक्टरको चक्कमा ठाेक्किदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टेकाे थियाे भने कार उछिटि्एर इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठाेक्किन पुगेकाे प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा मोरङ सुनदरहरैचा ४ का गोबिन्द बस्नेत, इटहरी ४ का अनिल श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन् भने घाइतेहरूमा ट्याक्टरमा सवार झापा चन्द्रगडी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई , धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट रहेका छन् ।पुर्वेली न्युज

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।