0 COMMENTS

कपिलवस्तु, चैत २८/ कपिलवस्तुको वुद्धभूमि नगरपालिका–१ वसन्तपुर नजिक भएको दुर्घटनामा सेनाका हवल्दारको मृत्यु भएको छ । बुधबार राति लु२ख २२८० नम्बरको टिपरले ठक्कर दिँदा बुटवल बस्ने सैनिक हवल्दार राजेन्द्र थापाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार थापा सवार लु१९प ६८१ नम्बररको मोटरसाईकललाई बुधबार राति ८ः३० बजे वसन्तपुर नजिकको जंगलमा टिपरले ठक्कर दिएको थियो । उपचारका लागि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।