0 COMMENTS

वि.सं. २०७५ चैत्र २५ गते सोमबार तदनुसार ई. सं. २०१९ अप्रिल ०८ तारिख, चैत्र शुक्ल तृतीया, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, प्रीति योग, गर र वणिज करण, आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको पूजा गर्ने दिन, गौरी व्रत, मत्स्य जयन्ती, मच्छेगाउँमा मत्स्यनारायण मेला, मन्वादि, भोलिको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री कूष्माण्डा भगवतीको पूजा गर्ने दिन, मंगल चतुर्थी व्रत, भोलिको मूहुर्त : अग्निवास(होमादि),

आजका लागि अशुभ समय :
राहु काल : बिहान ०७:२४ देखि ०८:५८ सम्म, यमघण्ट : दिउँसो १०:३२ देखि १२:०७ सम्म, गुलिक काल : दिउँसो ०१:४१ देखि ०३:१६ सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । कुनै भौतिक सामान खरिद गर्नका लागि आज राम्रो दिन छ । धनागमका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् ।

शुभरङ्ग : सिन्दूरे रातो, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने : हडबड र शीघ्रता,

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मिश्रित प्रभाव भएको दिन छ । बाह्रौं भावमा रहेको चन्द्रमा बेलुका तपाईंको राशिमा प्रवेश गर्नेछ । त्यसैले दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ, आवश्यक यात्रा गर्नै पर्ने छ भने साँझपखमा गर्नु राम्रो हुन्छ । दिन ढल्दै जाँदा साथीभाइ र घरपरिवारबाट पनि साथसहयोग प्राप्त हुनेछ । रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

शुभरङ्ग : सेतो वा बैैजनी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दान, धर्म, परोपकार, के नगर्ने : रिसराग, उद्वेग र क्रोध,

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु भोगविलासतर्फ मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता,

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : महालक्ष्मी, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने : लोभ र मोह,

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । भाग्यभावमा कमजोर चन्द्रमा उपस्थित भएकाले कुनै महत्त्वपूर्ण काममा गरिएको निर्णयले धोका दिनसक्छ, जान्नेबुझ््नेको राय लिनु राम्रो हुन्छ । विशेष गरी लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैैन, सामान्य निराशाबोध हुनेछ । साँझसम्ममा कर्मप्रति समर्पित भइने छ, तर कर्मक्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ ।

शुभरङ्ग : सेतो वा पहेंलो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : कुलगुरु÷शिवजी, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने : आडम्बर र ढोंगीपन,

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समग्रमा निराशा र वैराग्यका भावना त्यागेर अघि बढेमा श्रेयस्कर हुने दिन छ । दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ । बौद्धिक, प्राज्ञिक र सृजनात्मक काममा कडा मिहिनेत गर्न मन जानेछ र अन्ततः सन्तुष्टि मिल्नेछ । दीर्घकालिक लगानी गर्नु छ भने बेलुकीपखमात्र राम्रो हुनेछ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने : असुरक्षित यात्रा,

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : परिवारमा अधिकतम समय दिने, के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम,

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ ।

शुभरङ्ग : हलुका सेतो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भगवान् शङ्कर, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता,

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । सुरुमा बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

शुभरङ्ग : हलुका नीलो वा हरियो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने : बुद्धिको दुरुपयोग,

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ । कुनै अप्रत्यासित आम्दानीको सङ्केत छ । साँझ खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च बढ्न सक्छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ ।

शुभरङ्ग : रातो वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : भगवती दुर्गा, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता,

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।

शुभरङ्ग : गाढा नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने : घमण्ड,

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धनभावमा रहेको चन्द्रमाका कारण वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ । सामाजिक कामको दायित्व थपिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

शुभरङ्ग : घिउ रङ, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः , न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने : अनावश्यक खानपान,

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।