0 COMMENTS

काठमाडौँ १९चैत्र/ मुश्लिम आयोगले आँधीहुरीबाट घरवारविहीन परिवारका लागि १०० वटा अस्थायी घर निर्माण गर्ने घोषणा गरेको छ । बारा र पर्साका प्रभावित क्षेत्रको निरीक्षण र अवलोकन गरेर फर्कनुभएका उक्त आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको तर्फबाट घर निर्माण गर्ने जानकारी दिनुभयो ।

उक्त घटनामा परेर बाबु र आमासहित परिवारका ४ सदस्य गुमाएका फेटा नगरपालिका–६ का १४ वर्षीय साहेव अन्सारीलाई आयोगका तर्फबाट निःशुल्क रुपमा पठनपाठनको व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो । आँधीहुरी प्रभावित परिवारको राहतको लागि आयोगले खाद्यन्न संकलन गरेर वितरण गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । उक्त घटनामा परेर हालसम्म २८ जनाको ज्यान जानका साथै ६१३ जना घाइते भएका छन् । उक्त घटनाबाट ठूलो मात्रामा आर्थिक क्षति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।