0 COMMENTS

काठमाडौँ, ४ चैत/ पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी आज अस्पतालबाट फिर्ता हुनुभएको छ । यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको सो अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको स्वास्थ्योपचारको क्रममा सहयोग पु¥याउने नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिइएको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।