0 COMMENTS

काठमाडौं०२चैत्र/ काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ ।

सधैँ १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो । हरेक शुक्रबार भने ९ बजे खुलेर ३ बजेसम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।