0 COMMENTS

सप्तरी, फागुन २९/सप्तरीमा आज बिहान मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका अर्का व्यक्तिकोे नाम खुल्न सकेको छैन।

घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रहरीको प्रयास सपल हुन सकेको छैन। बसमा सवार घाइते भएका अन्य यात्रुलाई उपचारको लागि सिरहाको लहानतिर पठाइएको प्रहरीले जनाएको छ।

को३४प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को१ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।