0 COMMENTS

मानव जीवन संग प्रत्यक्ष सम्बन्ध रहेको प्राकृतिक सम्पदा हरुकाे संरक्षण अाज चुनाैति बन्दै गएको छ । अाफ्नाे निजि फाईदाकाे लागि प्राकृतिक सम्पदाको दाेहन भएको छ । वनजंगलकाे विनाश हुनाले बाढी पहिरो जाने , वन्यजन्तु लाेप हुने , मानवीय जिवना चाहिने अक्सिजनकाे मात्रामा कमि हुने , पानीको मुहान हरु सुक्ने साथै उजाड मरुभूमि जस्तो देखिन्छ डाँडा काँडा हरु ।

प्राकृतिक सम्पदाको समाप्ति संगै मानव जिवनकाे पनि समाप्ति हाे यस्तो गम्भीर विषयमा न नागरिक सचेत छन् न सरकार । वनजंगलका काठ चाेरि तस्करी , ढुंगा गिटि निकाल्ने , नदिका किनारमा जथाभावी बालुवा उत्खनन , वनकाे महत्त्व थाहा नहुदा अाफ्नै निजि वा सामुदायिक वनमा अावस्यकता भन्दा बढी रुख कटानि बिक्री , रुख काट्ने तर रुख राेप्नुपर्छ भन्ने चेतनाको अभावले गर्दा अाज हरियो वन नेपालकाे धन भन्ने नारा नारामा मात्रै रहने भएको छ । उद्योग धन्धा कलकारखाना ,ठुला ठुला परियोजना काे कारण वन फंडानि भएको छ । एकातिर वातावरण प्रदुषण बढ्ने र अर्कोतिर वनजंगल समाप्त हुदै जाने हाे भने कसरी रहन्छ मानव जीवन ? यस्तो संवेदनशील विषय लाई दृष्टिगत गरि बृक्षराेपण अभियान सुरु भएको छ ।

बिश्व वातावरण सन्तुलन कायम राख्न , नेपाली माैलिक संकृतिकाे संरक्षण गर्न र हरियो वन नेपाल र नेपालीको धन भन्ने नारा लाई मुर्तरुप दिन एक नागरिक बार्षिक न्युनतम एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपण अभियान मंसिर २९ गते लमजुङको बेसीशहर वाट सुरु भएको छ । उजाड डाँडा हरुमा बृक्षराेपण गरेर हरियाली बनाउने , सामुदायिक वनहरुमा अत्यावश्यक भन्दा बढी रुख काट्न नदिने , अाफ्नाे निजि जमिनमा बृक्षराेपण गर्नुपर्ने , प्रतेक सडकमा दायाँबायाँ रुख राेप्नुपर्ने , खेतीयोग्य जमिन बाँझो भए फलफूलका बृक्षहरु राेप्नुपर्ने , एक गाउँमा एउटा हरियाली पार्क बनाउनुपर्ने , पुराना वर पिपल का चाैतारिहरुकाे संरक्षण गर्नुपर्ने , नयाँ उपयुक्त ठाउँमा चाैतारि हरु वनाउनु पर्ने , वन्यजन्तु संरक्षणमा जाेड दिनुपर्ने र देशको कुनै पनि ठाउँमा भईरहेकाे प्राकृतिक सम्पदाको दाेहन राेक्नुपर्ने माग सहित प्राकृतिक सुन्दरता कायमै राख्न बृक्षराेपण अभियान चलेको छ ।

याे अभियान लाई साथ सहयोग र समर्थन काे लागि नेपाल सरकार वन वातावरण मन्त्रालय , सम्पूर्ण जिल्लामा रहेका वन कार्यलय , देशभरका सामुदायिक वनहरु मा बिशेष अपिल साथै नेपाल सरकार , सरकारि तथा गैरसरकारी संघ संस्था , राजनीतिक दल,कर्मचारी संगठन , बुद्धिजीवी , उद्योगी व्यावसायि , समाजसेवी , बिद्यार्थी लगाएत सम्पूर्ण नागरिक हरुमा विनम्र अनुरोध गर्दछौं । हरियो वन नेपाल काे धन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।