0 COMMENTS

काठमाडौं२६फागुन/ पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएपछि स्थागित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण बुधबारबाट सूचारु हुने भएको छ ।

झापाबाट धनुषा, सर्लाही, महोत्तरी, उदयपुरका लागि पूर्वराजा शाह आइतबार झापातर्फ प्रस्थान गरेका छन् । राजसंस्था पक्षधर दल शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’का अनुसार पूर्वराजा शाह आइतबार दिउँसो सौर्य एअरलाइन्सको उडानबाट झापा प्रस्थान गरेका हुन् ।

पूर्वराजाको जिल्ला भ्रमण भने फागुन २९ बाट हुनेछ । जनकपुर पुगेपछि फागुन ३० मा सर्लाही, चैत १ मा उदयपुर, २ गते जनकपुर र ३ गते सप्तरीको छिन्नमस्ता दर्शन गरेर पुनः झापा फर्किने कार्यक्रम रहको अध्यक्ष बस्नेतले जानकारी दिए । अस्वस्थ भएर नर्भिक अस्पतालमा भर्ना भएकी मुमाबडामहारानी रत्नको स्वास्थ्यमा सुधार आएपछि पूर्वराजाले आफ्नो भ्रमण पुनः शुरु गर्न लागेका हुन् । रत्नलाई अस्पतालले डिस्चार्ज भने गरिसकेको छैन ।गएको बुधबार पूर्वमुमाबडमहारानी अस्वस्थ भएपछि पूर्वराजाको जिल्ला भ्रमण स्थगित भएको थियो ।

शिव सेनाको टोली पनि सोमबार प्रस्थान गर्ने

हिन्दुत्व र राजसंस्था पक्षधर शिव सेना नेपालले अधिकांश जिल्ला भ्रमणमा पूर्वराजाको सुरक्षा व्यवस्था, स्वयं सेवक परिचालन आदिको भूमिका निर्वाह गर्दै आएको छ । जिल्ला भ्रमण सफल बनाउन आवश्यक तयारीका लागि अध्यक्ष बस्नेत नेतृत्वको केन्द्रीय टोली नै सोमबार जनकपुर पुग्दैछ ।

‘जनता र राजा भनेकै वास्तविक अर्थमा राष्ट्र हो’ भन्ने मान्यता बोकेको शिव सेना नेपालले आफ्नो पार्टी पंक्तिलाई पूर्वराजाको भ्रमण सफल बनाउनका लागि आवश्यक पर्ने तयारी थाल्न निर्देशन दिइसकेको छ ।

पहिलेको भन्दा यसपटक शिव सेनाले आफ्नोतर्फबाट गर्दै आएको सुरक्षा बन्दोबस्त बढी मजबुत बनाएको अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।