0 COMMENTS

काठमाडाैँ२३फागुन/ छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको घोषणा आज राष्ट्रिय सभागृहमा भएको हो ।

दुई पक्षबीच भएको सहमतिमा उक्त संगठनका प्रमुख तथा नेता–कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता लिने हिरसातमा रहेका सबै कार्यकर्ता निःसर्त रिहा गर्ने, संगठनले विखण्डनकारी कार्यक्रम रोक्ने, मूलधारको राजनीतिमा अवरोध खडा नगरिने, प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको परिवारलाई क्ष्ाितपूर्ति र परिवारका एकजनालाई रोजगारी दिनेलगायत बुँदा छन् ।सहमतिमा प्रधानमन्त्रीको उपस्थितिमा गृहमन्त्री रामबहादु्र थापा र सिके राउतले हस्ताक्षर गरेका छन् ।

सहमतिलाई आजै बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सहमतिबारे ब्रिफिङ गरेका थिए ।

सहमतिका बुँदा
१. मुलुकको स्वाधीनता स्वीकार्ने
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने
३. असन्तुष्टि समाधान गर्ने
४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने
५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने
६. आइन्दा विखण्डनवादी क्रियाकलाप नगर्ने

७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने
८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने
९. घाइतेहरुलाई उपचार गर्ने
१०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने
११. सहमति आजैबाट लागू हुने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।