0 COMMENTS

एउटा प्रतिष्ठित व्यक्ति ले आफ्नै श्रीमती मारेर जलाएको घटना पत्र पत्रिका मा पढेको समाचारमा सुनेको अनि साथीभाइ हरूसँग गफ गरेकै विषय थियो। अनि नारीको ममता, भूमिका, कर्तव्य, योगदान, उत्तरदायित्व जस्ता कुराहरू का कारण कुनै पनि पुरुषको हर क्षण नारी बिना असहज हुने कुरा बुझ्न कठीन सायद कसैलाई थिएन पनि।

तर यदाकदा सुनिने यस्ता घटना हरु ले भने कुनै पनि पुरुषको जीवनमा आउने अदृश्य नारीको आगमनका कारण हुन की भन्ने लागिरहन्थ्यो। नत्र हाम्रो समाजले मान्यता दिएको दुइ छोराकी आमा थिई ऊ त्यसैले छोरा नभएको कारण मारिएकी हो की भनेर प्रश्न गर्नु पर्ने पनि थिएन अनि मेरो मन् नराम्रो सँग त्यतिखेर झस्कियो जतिखेर मैले त्यो मारिने दुइ छोराकी आमा आफ्नै कलेज कि सँगै पढेकी साथी रहिछ भनेर थाहा पाएँ अनी उसको विवाह तय भएको दिन साथीहरुले जिस्क्याइएका कुराहरू सम्झिएँ। एउटीले भनेकी थिई याे कती भाग्यमानी यती राम्रो श्रीमान् पाउ ने आर्कीले थपेकी थिई आफ्नो त कुन कुनामा छ कुन्नि नाक चुच्चे।फेरि आर्किले थपेकी थिई चुच्चे भएर केही हुन्न थेप्चे चाई नपरोस् अनी अझै अर्कीले हसाएकी थिई जे भएपनी तालु खुइले चाई नहोस् यस्तै यस्तै।

यसरी साथीहरुले भाग्यमानी ठानेका उसको त्यसरी अकालमा भएको मृत्यु सुनेर मलाई सोध्न मन लाग्यो नियम जे जस्तो भए पनि आफूलाई मन् नपरेपछि छोडन पाइन्छ अनि मन् परेकी राख्न पाइन्छ तर एउटी महिला त्यागेर वा मारेर अर्की महिला नै चाहिने भए पछि रूप फेर्दैमा हुनेचाई के होला अनि कसैलाइ मारेर आफु खुसी हुन्छु भन्ने सोचले खुसी कहाँ भेटिएला र श्रीमती हो भन्दैमा अर्का को अनमोल जीवन समाप्त पारिदिने अधिकार पुरुषलाई कहाँ, कहिले कसरी, किन अनि कस्ले दिएको होला ?

हुनत महिलाहरुलाई आइमाई भनेर हेप्ने पुरुष हरू पनि छन भने म र मेरो वा मेरो पथ प्रदर्शक आफ्नो आँखा भनेर सम्झने पुरुषहरु संख्या मा कमी भए पनि समाजमा नभएका होइनन्।त्यसैले यो १०९ औं महिला दिवस ले नारीहरूले आफ्नो कर्तव्य सहि ढंगले निर्वाह गर्ने र पुरुषले पनि महिलाका काम कुरा हरुमा समर्थन र सहयोग गर्ने वातावरण बनाओस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।