0 COMMENTS

काठमाडाैं२४फागुन/ जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी (३७ मेगावाट)को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ । प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै ३५औँ दिनमा (७ चैत)मा आफूले कार्यक्रमअन्तर्गत अघि बढ्ने आयोजनाको पहिलो सेयर किन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, प्रधानमन्त्रीले घोषणा गरेभन्दा दुई दिनअगाडि नै सेयर किन्न पाउने भएका हुन् ।

ओलीको सो प्रतिबद्धता पूरा गराउन पनि कार्यक्रमको कार्यविधि चाँडो बनाइएको कार्यक्रम संयोजन समिति सदस्यसचिव हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । उनका अनुसार कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।