0 COMMENTS

काठमाडौं२२फागुन/ टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजाे (मंगलबार) सकिएकाे हाे । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ ।

थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।

जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गर्नुभएकाे थियो ।

त्यस्तै प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गर्नु भएको थियो । यो घटनका प्रमुुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत हुनुभएकाे थियाे । चौधरी गतबर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँ हाल डिल्लीबजार कारागारमा हुनुहुन्छ । चौधरीलार्ई केही महिना अघि मात्रै संसद्मा सफथ गराइएको थियो । सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । त्यस्तै ३२ अभियुक्त अझै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।