0 COMMENTS

 बिग्रोल,धरान२२फागुन/  यतिबेला धरानमा बेरि जोन एक्टिङ स्टुडियो काठमाडौको प्रस्तुतिमा नाटक तुम्बि बाजे मन्चन भैरहेको छ ।तुम्बी बाजे नाटक हेरि रहदा राम्रो र नराम्रो दुबै पक्ष देखे देखिसके पछि नलेखी बस्न सकिन । पहिलो कुरा त काठमाडौ देखि धरानसम्म १८ जनाको जम्बो कलाकार र प्राविधिक टोलि सहित नाटक लिएर आएर नाटक मन्चन गर्नु नै ठूलो कुरा हो ।

जहाँ धरानकै स्थानीय नाट्य संस्थाहरु आरम्भ नाट्य डबली, रंगभुमी एकेडेमी जस्ता नाम चलेको नाट्य समुहले नाटक गर्न नसकिरहेको बेलामा काठमाडौबाट आएर नाटक मन्चन गर्न गर्नु चानचुन कुरा होइन । बेरि जोन एक्टिङ स्टुडियोलाई सलाम गर्न चाहान्छु । नाटक धरान १९ मा रहेको व्रीटिस कम्युनिटी भवनमा फागुन १८ गतेदेखि फागुन २२ गते आजसम्म मन्चन हुँदैन छ ।नाटकमा हरेक कलाकारहरु सशक्त अभिनय छ ।

नाटकले समाजमा हामीले मान्दै आएको ज्यु ज्यु गर्दै हिडेको भोला नारायण ( अध्यक्ष)ले शक्ति र सम्पत्तिको आड गर्दै आएको अत्याचार र पैसा भए जे पनि गर्न सकिने सोच भएको भैरहेको बेथिति भ्रष्टाचार विरुद्ध आवाज उठाउनुको साथै तुम्बी बाजे र लावाङले आफ्नो बाउ बाजेले छाडेर गएको अस्तित्व जोगाउन गरेको संघर्ष धनहिरा र लावाङले देवि देउराली भाकेर खाएको आफ्नो माया खातिर कसम साचै बहुत मजाको छ ।प्रेममा आउने उतारचढावले कता कता आँखा रसाउछ फेरि लावाङ र धनहिराको प्रेमलाई सफल बनाउन लाजिमाको पनि योगदान भुल्न मिल्दैन । तर यतिले मात्र नाटक पूरा हुदैन नाटकमा त्यति धेरै नदेखिएको पात्र शिरफुली कान्छीलाई भुल्नै मिल्दैन । गाउँमा देखि रहने पात्र र भेटी रहिने आमा उ नै हो भन्ने लाग्छ । नाटकको शिरफुल कान्छी नै हावी हुन्छ । नाटक हेरि सकेपछि दर्शकले तुम्बी बाजेलाई भुल्न सक्ला तर शिरफुल कान्छीलाई भुल्न सक्दैन । नाटकमा हरेक कलाकारहरुले मिहिनेत गरेको देखिन्छ ।

नाटकमा नाटक लेखक नै असफल देखिन्छ कुनै पनि पात्रलाई केन्द्रीत गरेर कथा नै लेख्न सकेको छैन । कथा कस्को हो बुझ्न सकिदैन । शिर्षक सार्थक कथा छैन ।लेखकलाई मात्र यहाँ दोष दिन मिल्दैन नाटक निर्देशकले पनि आफ्नो तर्फबाट मिहिनेत गरेको पाइनदैन । कुनै पनि नयाँ प्रयोग गरेको देखिदैन । जम्मा जम्मी कथालाई नाटक बनाउने काम मात्र गरेको छ । नाटक हेर्दै जाँदा धेरै लेन्दी लाग्दो दृश्यहरु छन । जो जुन हामिले हेर्दै आएको नेपाली चलचित्र भन्दा फरक छैन । शिरफुलि कान्छी पात्रले अन्तिममा नाटक उठाएको भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।