0 COMMENTS

चरिकोट २१फागुन०७५/ उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ गते ७८ वर्षीया श्रीमतीसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरे । भदौ १ देखि लागू भएको मुलुकी देवानी (संहिता) ऐनले सम्बन्दबिच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।

‘२०५० सालदेखि झैझगडा गर्न थाले पनि सहेर बसेको थिएँ,’ एक्लै बस्दै आएका उनले भने, ‘२०६६ देखि उनी काठमाडौंं गएर बसिन् ।’ श्रीमतीले २०७३ चैतमा अंश चलन मुद्दा हालेको उनले सुनाए । भने, ‘मैले अंश दिएँ । समाचार अन्नपूर्णमा रहेकाे छ।

पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।